कास्कीमा थपिए १७ हजार ७८६ मतदाता « Khabarhub

कास्कीमा थपिए १७ हजार ७८६ मतदाता


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी-  कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन् । 

नयाँ थपिएका मतदातामा अधिकांश युवा छन् । यसअघि कास्कीमा कुल दुई लाख ९४ हजार मतदाता कायम रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। 

‘मतदाता नामावली रुजु र अद्यावधिक भएपछि निर्वाचन आयोगबाट अन्तिम नामावली आउँदासम्म मतदाताको सङ्ख्या केही घटबढ हुनसक्छ’, उनले भने, ‘कतिपय मतदाताले एक जिल्लाबाट अर्को जिल्लामा मतदाता नामावली स्थानान्तरण गरिरहनुभएको छ ।’

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयले मतदाता नामावली संकलन तथा दर्ता, त्रुटि सच्याउन, स्थान परिवर्तनलगायतका काम गर्दै आएको छ । 

राष्ट्रिय परिचयपत्रबाट अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्ने व्यवस्था भएपछि नयाँ मतदातालाई सहज भएको सूचना अधिकारी न्यौपानेले बताए। नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था रहेको छ । 

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १ : २७ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही