निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड  « Khabarhub

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड 


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट भएको संगठन प्रवेशलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर १२ गतेदेखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्न लागेको भन्दै त्यसबाट निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिने बताएका हुन् ।

देशमा अहिले देखापरेको असहज अवस्थालाई सहज बनाउन पार्टी अघि बढ्ने उनले बताए । प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै मंसिर ११ गते जसपाको एउटा समूहसँग एकता हुने जानकारी दिए  । युवाहरूले उठाएका सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई पनि पार्टीले अघि बढाउने उनको भनाइ छ ।  

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको एकताले देशव्यापी रुपमा उत्साह थपिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीलाइ बलियो शक्तिको रुपमा स्थापित गर्ने बताए । उनले आपसी मतभेद नगरी जनताको विश्वासको पार्टी बनाउन देशव्यापी सन्देश दिने उल्लेख गरे ।

सहसंयोजक नेपालले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा रहेकाले अव सो भवन तत्कालीन माओवादीको मात्रै नभएर समग्र नेपाली कम्युनिष्ट पार्टीको भएको जिकिर गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ३ : ३९ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल