स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता   « Khabarhub

स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता  


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका द्विपक्षीय दातृ निकायहरूका प्रतिनिधिहरूबीच शिष्टाचार भेट भएको छ । 

नेपालस्थित अमेरिकी राजदूतावासका प्रतिनिधि पाट्रिक एस गन र नुर पन्त, जर्मनीका राजदूतावासका प्रतिनिधि बेन्जामिन सिडेर र जन ड्रिक सेन, बेलायती दुतावासका प्रतिनिधि डिएगो मोरोसो र डा. दीपक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधि मिजुकी मतसाजुकी र कृष्णप्रसाद लम्साल, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)का प्रतिनिधि सृष्टि चित्रकार र मिलन महर्जनसँग शिष्टाचार भेट भएको हो ।

भेटका क्रममा मन्त्री गौतमले नेपालको स्वास्थ्य प्रणाली सुधारमा दातृ निकायले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छिन् । उनले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताइन् । 

दातृ निकायका प्रतिनिधिहरूले पनि जनस्वास्थ्यका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रममा आ आफ्नो क्षेत्रबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ३ : ५२ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि