चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा « Khabarhub

चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चारजना सचिवहरूको सरुवा गरेको छ । जसअनुसार संघीय सरकारदेखि प्रदेश सरकारसम्म नयाँ जिम्मेवारी तोकिएको हो ।

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ।

तत्कालीन रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिव बनेपछि रिक्त उक्त पदमा शर्मालाई सरुवा गरिएएको हो । शर्माको स्थानमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल आएका छन् ।

त्यस्तै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएपछि पन्थलाई त्यहाँ सरूवा गरिएको हो ।

पन्थको स्थानमा कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ०७ बजे

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी