गृहमन्त्री अर्यालले गरे जेन-जी रूपन्देही नेपालका युवाहरूसँग भेट  « Khabarhub

गृहमन्त्री अर्यालले गरे जेन-जी रूपन्देही नेपालका युवाहरूसँग भेट 


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– गृहमन्त्री ओमप्रकाश अर्यालले रूपन्देही जेन-जी नेपाल समुहका केही युवाहरूलाई मङ्गलबार भेटेर उनीहरूले बुझाएका ज्ञापन पत्र बुझेका छन् ।

भेटका क्रममा गृहमन्त्री अर्यालले कानूनी राज्यको सबैले पालन गर्दै सुरक्षा निकायलाई निष्पक्ष छानविन गर्न सबैले सघाउनु पर्ने बताए। 

भेटमा जेन-जी युवाहरूलाई भदौ २४ गतेको घटना र २३ घटना फरक कोणबाट सरकारले हेरिरहेको र घटनाको निष्पक्ष छानविन हुने गरी सुरक्षा प्रशासनले काम गरिरहेकोसमेत जानकारी दिए। 

जेन-जीहरुले आफूका साथीहरू अझै कोही घर बाहिर निस्केर हिड्‌न नसकेको जानकारी गराउँदै त्यसका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरे। जेन-जी रूपन्देही नेपाल को तर्फ बाट सुरज पोखरेल, रवि श्रेष्ठ र राजु श्रेष्ठले मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका थिए ।

सोही क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पनि प्रहरी प्रकाशनले सदैव कानूनलाई सघाउनेलाई पनि कानूनले नै सघाउने गरी दोषी  नदेखिएकालाई निर्दोष करार गर्न सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : १० बजे

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी