महाकाली नदीमा डुबेर एक युवक बेपत्ता « Khabarhub

महाकाली नदीमा डुबेर एक युवक बेपत्ता


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईं नदीमा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन्।

बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको भए पनि हालसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

‘दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल छन्,’ प्रवक्ता बोहराले भने, ‘बेपत्ताको खोजीकार्यमा जुटिरहेको भए पनि अवस्था अझै अज्ञात छ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ८ : ४७ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन