तनहुँमा ५९ हजार कुखुराको बीमा « Khabarhub

तनहुँमा ५९ हजार कुखुराको बीमा


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ । जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बीमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरु पशु बीमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी ५९ हजार ९५९ कुखुराको बीमा गरिएको छ ।

त्यस्तै एक हजार ७४२ गाई, ७४० भैँसी, एक हजार ५८१ बाख्रा, ६९६ बङ्गुर, छ हजार ५०० माछाको बीम गरिएको छ । बीमा गरिएको पशुको मूल्य २९ करोड ७५ लाख ४० हजार रहेको छ । त्यसमध्ये गाइको १५ करोड ६७ लाख ८० हजार, भैँसीको छ करोड ६६ लाख, बाख्राको एक करोड ५८ लाख दश हजार, बङ्गुरको एक करोड ७४ लाख, कुखुराको चार करोड ४३ लाख छ हजार, माछाको ५१ लाख चार हजार मूल्य रहेको छ ।

बीमा गरिएकोमध्ये गाईमा १५ लाख ६७ हजार कृषकले बेहोरेका छन् । यस्तै भैँसीमा ६ लाख ६६ हजार, बाख्रामा एक लाख ५८ हजार, बङ्गुरमा एक लाख ७४ हजार, कुखुरामा तीन लाख ४४ हजार, माछामा आठ हजार कृषकले बेहोरेका छन् ।

तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भैँसी, तीन लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुङ्गुर ४६ हजार ८१३, कुखुरा नौ लाख ९८ हजार ९३६, हाँसको सङ्ख्या ११ हजार ९८७ रहेको कार्यालयले जननाएको छ । दुधालु गाइको सङ्ख्या १३ हजार ९४२, दुधालु भैँसीको सङ्ख्या २१ हजार ५०३ रहेको छ । (रासस)

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ८ : ५२ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा