सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने « Khabarhub

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच वार्ता चल्दै गर्दा सुधन गुरुङ बाहिर बसेका छन् ।

उनले बिहीबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै आफूहरू यहाँ गार्ड बसेको बताएका छन् ।

सम्भावित सहकार्यका लागि रवि र बालेन संवाद हुँदा उनी र अर्जुन घिमिरे पाँडेसहितका सहयोगी कुमार बनेको घरबाहिर बसेका छन् ।

रवि, बालेन र कुलमानसहितका शक्ति एक ठाउँमा आउनुपर्ने बताइरहेका सुधनले कुमार बेनको घरमा ताला लगाइदिएका छन् ।

‘हाम्रा दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म मिल्नु हुन्न तबसम्म उहाँहरूलाई बाहिर जान दिँदैनौँ’, उनले भनेका छन्, ‘हामीले ताला लगाइदिएका छौँ, साँचो हामीसँग छ । हामी ताला लगाइदिएर बसेका छौँ । म चाहिँ गार्ड बसेको छु ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : १२ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई