बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस् « Khabarhub

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको तेस्रो वार्ता सकिएको छ।

गत आइतबार र सोमबार दुई चरणको वार्ता गरेका उनीहरू बिहीबार तेस्रो चरणको वार्ताका लागि ज्वागलस्थित कुमार बेनको घरमा जुटेका थिए।

वार्तापछि बाहिरिएका रविले कुनै प्रतिक्रिया दिएनन् । हँसिलो मुहारमा निस्किएका उनले मिलाएर कुरा बुझ्न सञ्चारकर्मीलाई भने । पत्रकारहरूले उनलाई सोधे, ‘मेयर बालेन साहले लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो सभापतिज्यू ?

त्यसको जवाफमा उनले भने, ‘‘मेरो अनुहारले के बताउँछ। परिणामका लागि केही समय प्रतिक्षा गर्नुहोस् ।’ यति भनेर उनी गाडी चढ्दै बाटो लाले।

कुमार बनेको घरबाट बाहिरिने क्रममा पत्रकार र युट्युबरले घेरिएर धकेलाधकेल भएपछि उनले अलिक अनुशासित हुन सुझाए ।

सम्भावित सहकार्यका लागि रवि र बालेन संवाद हुँदा उनी र अर्जुन घिमिरे पाँडेसहितका सहयोगी कुमार बनेको घरबाहिर बसेका थिए ।

रवि, बालेन र कुलमानसहितका शक्ति एक ठाउँमा आउनुपर्ने बताइरहेका सुधन गुरुङले कुमार बेनको घरमा ताला लगाइदिएका थिए ।

‘हाम्रा दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म मिल्नु हुन्न तबसम्म उहाँहरूलाई बाहिर जान दिँदैनौँ’, उनले भनेका थिए, ‘हामीले ताला लगाइदिएका छौँ, साँचो हामीसँग छ । हामी ताला लगाइदिएर बसेका छौँ । म चाहिँ गार्ड बसेको छु ।’

बुधबार राति पनि बालेनले आधा दर्जन नेतासहितसँग छलफल गरेका थिए । तर नयाँ शक्तिहरू पनि मिलेर जान प्रधानमन्त्री पदमै कुरा मिल्न सकेको छैन ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ३ : ३६ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा