स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान « Khabarhub

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन सागर र बेरेन्ट्स सागरमाथि ‘निर्धारित’ उडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । 

उक्त उडानका क्रममा ‘विदेशी देशका लडाकु जेटहरू’ ले रूसी विमानलाई एस्कर्ट गरेको रूसी समाचार एजेन्सीहरूले बिहीबार जानकारी दिएका छन् ।

रक्षा मन्त्रालयका अनुसार टीयू–९५ एमएस रणनीतिक बमवर्षक तथा मिसाइल वाहक विमानहरूले बेरेन्ट्स र नर्वेजियन सागरको तटस्थ पानीमाथि उडान गरेका हुन् । तर उडानको ठ्याक्कै मिति तथा एस्कर्टका लागि लडाकु जेट तैनाथ गर्ने देशहरूको नाम भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘मार्गका केही चरणमा रूसी लामो दूरीका बमवर्षकहरूलाई विदेशी देशका लडाकु जेटहरूले एस्कर्ट गरेका थिए’ भनिएको छ । साथै यस्ता उडानहरू विभिन्न क्षेत्रहरूमा नियमित रूपमा हुने र अन्तर्राष्ट्रिय कानून तथा नियमहरूको पूर्ण पालना गर्दै सञ्चालन गरिने पनि स्पष्ट पारिएको छ ।

यसै महिनाको सुरुमा दक्षिण कोरिया र जापानले आफ्ना क्षेत्र नजिकै रूसी तथा चिनियाँ सैन्य विमान उडान गरेको भन्दै आपत्ति जनाएका थिए । ती उडानपछि दुवै देशले आफ्ना लडाकू जेटहरू आकस्मिक रूपमा परिचालन गर्नुपरेको बताएका थिए ।

जापानको रक्षा मन्त्रालयका अनुसार दुई रूसी टीयू–९५ बमवर्षक विमान जापान सागर हुँदै उड्दै पूर्वी चीन सागरमा दुई चिनियाँ एच–६ बमवर्षकसँग भेट भएका थिए । त्यसपछि ती विमानहरूले जापान वरिपरि संयुक्त उडान गरेका थिए ।

विशेषगरी युरोप र एसिया–प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बढिरहेका बेला यस्ता गतिविधिलाई क्षेत्रीय सुरक्षा सन्तुलनसँग जोडेर हेरिँदै आएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ५ : ५६ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई