ललितपुरमा सुरु भयो ट्राफिक सचेतना अभियान (तस्बिरहरू) « Khabarhub

ललितपुरमा सुरु भयो ट्राफिक सचेतना अभियान (तस्बिरहरू)


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । 

आइतबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो ।

सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरिएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

उनले ललितपुर महानगरभित्र रहेका स्मार्ट ट्राफिक लाइट २४ सै घण्टा सञ्चालन हुने बताए । स्मार्ट ट्राफिक लाइटको नियम उलंघन गरेको विवरण सिस्टममा रेकर्ड हुने भएकाले नियम उलंघन गर्नेलाई अव कारबाही गर्ने उनले बताए ।  

साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ललितपुरको महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरूले चोक चोकमा बसेर ट्राफिक सचेतना प्रदान गर्ने बताइएको छ । 

‘सडक सुरक्षा, जीवनको रक्षा’ भन्ने नाराको साथ ललितपुर महानगरपालिकाद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ

सचेतना कार्यक्रमको सहकार्य प्याब्सन ललितपुर, प्रहरी परिसर जावलाखेलका साथै काठमाडौं उप्त्यका ट्राफिक प्रहरीले पनि गरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए ।

हेर्नुहोस् तस्बिरहरू

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १ : ३१ बजे

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको