दाइको हत्या आरोपमा भाइ पक्राउ « Khabarhub

दाइको हत्या आरोपमा भाइ पक्राउ


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गए राति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए  ।

प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गए राति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइएको थियो । 

कैँची प्रहारबाट घाइते भएका दाइ लालबहादुरको उपचारका क्रममा बिहान २ः५० मा मृत्यु भएको उनले बताए  ।

मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । हत्याको आरोपमा भाइ प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  २ : ५६ बजे

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की