गलत नियत राखेर कसैले पनि सूचना माग्न हुँदैन : प्रमुख आयुक्त आचार्य | Khabarhub Khabarhub

गलत नियत राखेर कसैले पनि सूचना माग्न हुँदैन : प्रमुख आयुक्त आचार्य


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले गलत नियत राखेर कसैले पनि सूचना माग्न नहुने र सूचना दिनेले पनि सूचना अपडेट भएर बस्नुपर्ने बताएका छन्  । 

आइतबार विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको प्रदेशस्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रियामा सम्बोधन गर्दै प्रमुख आयुक्त आचार्यले स्वच्छ र पारदर्शी रूपमा काम गर्नेहरूले डराउनु नपर्ने समेत बताए ।

उनले आयोगले अब अनावश्यक सूचना माग्नेसँग पनि छलफल गर्ने र उनीहरूलाई सतर्क गराउने तर्फ लाग्ने जानकारी दिए  । आचार्यले सुचना अधिकारीले आफ्नो दायित्व पुरा नगरे कारबाहीको भागी हुने उल्लेख गरे ।  

सो अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्यधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको गुनासो गरे  ।

उनले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने भन्दै संविधानले सूचनाको हक ग्यारेन्टी गरे पनि त्यसलाई सही ढंगले परिचालन गर्न तर्फ लाग्नुपर्ने जिकिर गरे  ।  

मुख्यमन्त्री कार्कीले सूचनाको हकले पारदर्शिता र जबाफदेहिता बढ्ने भएकाले यसतर्फ ध्यान दिँदै निश्चित व्यक्तिले मात्र नभई आम समुदायले यसलाई राम्ररी प्रयोग गरेर अघि बढ्नुपर्ने बताए  । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’