‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’ « Khabarhub

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत सुरक्षामा ध्यान दिने बताएकी छन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको ‘पत्रकारितामा महिलाको सवाल र महासङ्घको भूमिका’ विषयक अन्तरक्रियामा अध्यक्ष शर्माले पत्रकारितामा आर्थिक चुनौती देखिएकाले व्यावसायिक सुरक्षामा ध्यान दिन जरुरी भएको बताएकी हुन् ।

“पत्रकारको पेसागत सुरक्षाका लागि सूचना प्रविधिको प्रयोग जरुरी छ,” अध्यक्ष शर्माले भनिन्, “अबको पत्रकारिता अधिकतम प्रविधिमैत्री गर्न क्षमता विकासको तालिम पनि जरुरी छ, त्यसका लागि महासङ्घले योजना बनाएर काम गर्नेछ ।”

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा लैजाने र पत्रकार महिलाले सञ्चालन गरेका साना–स्वरोजगारमूलक मिडियालाई दिगो रुपमा सञ्चालन गर्न सकिने उपायका बारेमा छलफल गर्ने उनले बताइन् ।

पत्रकार महासङ्घको इतिहासमा सम्पूर्ण पत्रकार महिलाको जित भएको र महासङ्घलाई चुस्तदुरुस्त राख्न निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष शर्माले सहयोगका लागि अपिलसमेत गरिन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : २९ बजे

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र