पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुग्छ : देउवा | Khabarhub Khabarhub

पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुग्छ : देउवा


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्‍याएकाे उल्लेख गरेका छन् ।

हिन्दू धर्मावलम्बीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिने महाशिवरात्रिलगायत पर्वले सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएको उल्लेख गरेका छन् ।

सभापति देउवाले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो पार्टी कांग्रेसका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ५८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’