अल्भारेजले ५० सेकेन्डमै गोल गरेपछि रोचक बन्यो बार्सिलोना र एट्लेटिको भिडन्त « Khabarhub

अल्भारेजले ५० सेकेन्डमै गोल गरेपछि रोचक बन्यो बार्सिलोना र एट्लेटिको भिडन्त


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोना र एट्लेटिको म्याड्रिड बिचको कोपा डेल रे कप फुटबलको पहिलो लेग सेमिफाइनल ४-४ गोलको बराबरीमा सकिएको छ।

बार्सिलोना घरेलु भूमिमा भएको सनसनीपूर्ण खेलमा ५० सेकेन्डमा नै जुलियन अल्भारेजले एट्लेटिकोलाई अग्रता दिलाएका थिए। छैटौँ मिनेटमा एन्टेनियो ग्रिजम्यानले एट्लेटिकोका लागि अर्को गोल गरे।

खराब सुरुवात गरेको बार्सिलोना १९ औँ मिनेटमा पेड्रीको गोल मार्फत खेलमा फर्किएको थियो। त्यसको लगत्तै पाउ कुबारसीले बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए ।

पहिलो हाफमा इनिगो मार्टिनेजले अर्को गोल गरे भने रोबर्ट लेवान्डोस्कीले थप गोल गर्दै बार्सिलोनालाई जित तर्फ अग्रसर गराएका थिए।

दोस्रो हाफको अन्त्यमा एट्लेटिकोका लागि मार्कोस लोरेन्टे र अलेक्जेन्डर सोर्लोथले गोल गरे। आठ गोल भएको खेल चारचारको बराबरीमा टुंगिएको हो।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ४९ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको