थाइल्यान्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु « Khabarhub

थाइल्यान्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – थाइल्यान्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजधानी बैंककको पूर्वमा रहेको प्राचीन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो।

‘दुर्घटनामा१७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,’ प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भने । 

उनले भने, ‘हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको उनले बताएका छन्। थप अनुसन्धान भइरहेको छ ।’

बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरूलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार थाइल्यान्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।

पुरानो र असुरक्षित सवारी साधन र चालकको लापरबाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ । गत अक्टोबरमा बैंककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १२ : ५५ बजे

सहकारीको सहाराले व्यावसायिक बन्दै मुक्त कमैया महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ नौखरीस्थित मुक्त कमैयाँ बस्तीका महिलाका लागि सहकारी

कुमारी बैंकले ल्यायो ग्रीन हायर पर्चेज कर्जा 

काठमाडौं– कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको

प्रदीप ज्ञवालीले छाडे महाधिवेशनस्थल, पृथ्वी सुब्बाले भने : उनलाई महासचिव नदिने भए म पनि उम्मेदवारी दिन्नँ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा अध्यक्ष केपी शर्मा ओली

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

गण्डकी– गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ

‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’

काठमाडौं– निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक