ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, नागरिकता लैजाऊ « Khabarhub

ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, नागरिकता लैजाऊ


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर तिरेर विदेशीलाई अमेरिकी नागरिकता दिने नीति अघि सारेका छन् ।

मंगलबार वासिंगटनस्थित ओभल अफिसबाट उनले भने, ‘हामी गोल्ड कार्ड बेच्दैछौं । तपाईंसँग ग्रिन कार्ड छ। यो गोल्ड कार्ड हो। हामी त्यो कार्डको मूल्य लगभग पाँच मिलियन राख्नेछौँ र त्यसले तपाईँलाई ग्रिन कार्ड विशेषाधिकार दिनेछ, साथै यो नागरिकताको बाटो हुनेछ। र, धनी मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन्।’

गोल्ड कार्ड करिब दुई सातापछि विक्री सुरु हुने ट्रम्पले बताएका छन् । ५० लाख डलर भनेको नेपाली रुपैयाँ करिब ७० करोड जति हुन्छ ।

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । उनले केही रुसी धनाढ्यहरू अत्यन्तै राम्रा मान्छेका रूपमा आफूले चिनेको बताएका छन् । ट्रम्पले रुसी नागरिकलाई लक्षित गरी यस्तो योजना अघि सारिएको अनुमान गरिएको छ ।

अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने बताए । इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि दिने गरिन्छ । 

ट्रम्पको पहिलो कार्यकालमा कांग्रेसका सांसदहरूबाट यस कार्यक्रमको आलोचना भएको थियो, धेरैले यो आफ्नो लक्ष्यबाट विचलित भएको र सुधारको आवश्यकता रहेको चेतावनी दिएका थिए। 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : २९ बजे

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको