एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि | Khabarhub Khabarhub

एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्यांकले बुधबार देखाएको छ ।

दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्म दरमध्ये भएको देशमध्ये एक हो । यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गर्दछ।

सियोलले महिलाहरूलाई बढी न्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिर कायम राख्न गर्न अर्बौँ डलर खर्च गरेको छ।

कोरियाको प्रारम्भिक साङ्ख्यिकीय तथ्यांकअनुसार प्रति एक हजार व्यक्तिमा जन्मिने शिशुको सङ्ख्या दर ४.७ रहेको छ, जसले सन् २०१४ देखि निरन्तर घट्दो जनसङ्ख्याको प्रवृत्ति देखाएको थियो । 

प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या सन् २०२४ मा ०.७५ पुगेको छ । यो सन् २०२३ को ०.७२ को तुलनामा ०.०३ ले बढी हो।

‘सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार ३०० जनाको जन्म भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० (३.६ प्रतिशत) बढी हो,’ प्रतिवेदनमा भनिएको छ।

जनसङ्ख्याको अध्ययनमा जानकारी राख्ने कोरियाली अधिकारी पार्क ह्युन जियोङले कोभिड–१९ को महामारीपछि विवाहमा वृद्धि हुनुका साथै जनसांख्यिकीय परिवर्तनमा आएको परिवर्तनका कारण जन्मदरमा वृद्धि भएको बताए।

 पार्कले एक पत्रकार सम्मेलनमा भने, ‘पछिल्लो एक दशकमा कोरियामा ३० वर्ष भन्दा माथिका मानिसहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।’

सियोलका अनुसार सन् २०२४ मा बच्चा जन्माउने औसत मातृ उमेर ३३।७ वर्ष रहेको छ । तर दक्षिण कोरियाको पाँच करोड १० लाख जनसङ्ख्या कायम राख्न आवश्यक पर्ने २।१ जना बालबालिकाभन्दा प्रजनन दर निकै कम छ ।

सियाटलस्थित युनिभर्सिटी अफ वासिङ्टनको ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दर कायम रहेसन् २१०० सम्ममा जनसङ्ख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  २ : ५२ बजे

छ सय वर्षपछि विस्फोट भएको ज्वालामुखीका कारण रुसमा ठूलो भूकम्प गएको अनुमान

काठमाडौं– रुसको कामचटकामा रहेको क्राशेनिनिकोभ ज्वालामुखीको रातभरि भएको विस्फोट ६००

‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा

भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्या उच्च

काठमाडौं– भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्यामा उच्च वृद्धि

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रममात्रै हो : कानुनमन्त्री चौरसिया

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट

पेन्सन र सामाजिक सुरक्षा भत्तामा गत वर्ष दुई खर्ब खर्च

काठमाडौँ – सामाजिक सुरक्षा भत्ता, निवृत्तभरण र विपन्न स्वास्थ्य उपचार