‘कांग्रेसको कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’ « Khabarhub

‘कांग्रेसको कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले पार्टीको कार्यकारी पदमा उम्मेदवारी दिनका निम्ति सम्पत्ति विवरण बुझाउन पर्ने विधानमा व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय समिति (२०६८–२०७३) ले आयोजना गरेको बृहत् भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको घोषणा पत्र सार्वजनिक गर्दै नेताहरूले ४० वर्षभित्रका युवालाई ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग गरेका छन् । 

उनीहरूले युवासँगै विज्ञका निम्ति १० प्रतिशतसम्मको प्रतिनिधित्वको सुनिश्चित गराउन विधानमै व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

संविधान सभा सदस्य रञ्जित कर्णले नगरकोट घोषणापत्र सार्वजनिक गर्दै जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने बताए । कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराए । 

अन्तरक्रियामा वडा तहदेखि संघीय सांसदसम्मको उम्मेदवारी प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य हुनु पर्ने वैधानिक व्यवस्था गर्ने, समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद् सङ्ख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रूपमा लागू गर्ने गरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल गर्ने निर्णय गरिएको कर्णले बताए ।

नेता कर्णका अनुसार नेपाली कांग्रेसको नीतिः उद्यमशीलता सहितको राजनीति अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ । कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न सकेमात्र राष्ट्रिय समृद्धिको नेतृत्व लिन सक्ने छलफलको निष्कर्ष रहेको बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : ३९ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती