ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफ अस्पताल भर्ना | Khabarhub Khabarhub

ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफ अस्पताल भर्ना


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलकी पूर्व राष्ट्रपति डिल्मा रुसेफलाई कानमा समस्या देखिएपछि साङ्घाईस्थित एक अस्पताल भर्ना गरिएको छ ।

ब्रिक्ससमूहले विकासोन्मुख अर्थतन्त्रका लागि स्थापना गरेको बैंकको नेतृत्व गरिरहेकी ७७ वर्षीया अर्थशास्त्री रूसेफको उपचारपछि समस्यामा सुधार भइरहेको केही दिनभित्रै डिस्चार्ज गरिने उनको उपचारमा संलग्न चिकित्सकको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुसेफलाई सन्तुलन नियन्त्रण गर्ने स्नायुमा समस्या आएका कारण फेब्रुअरी २१ मा साङ्घाई इस्ट इन्टरनेसनल मेडिकल सेन्टरमा भर्ना गरिएको थियो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुसेफलाई सन् २०२३ मा साङ्घाईस्थित न्यू डेभलपमेन्ट बैङ्क (एनडीबी) को नेतृत्व गर्न गरी जिम्मेवारीका लागि उनलाई तोकेका थिए ।

रुसेफ सन् २०१० मा लुलाको नेतृत्वमा ब्राजिलको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । 

सन् २०१६ मा उनको दोस्रो कार्यकालमा बजेट कानुन उल्लङ्घन गरेको आरोपमा महाभियोग लगाइएको थियो । सन् २०१४ मा ब्रिक्स सदस्य राष्ट्र ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले गठन गरेको एनडीबीको प्रमुखमा नियुक्त भएपछि लुलाले उनलाई राजनीतिक खिचातानीबाट उन्मादबाट बाहिर ल्याउन मद्दत गरेका थिए ।

ब्राजिलले यस वर्ष ब्रिक्सको आलोपालो अध्यक्षता गरेको छ र जुलाईमा रियो दी जेनेरियोमा सदस्य राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्नेछ।

सन् २००९ मा स्थापना भएदेखि नै ब्रिक्स समूहले उल्लेखनीय विस्तार गरेको छ र अहिले यसमा इरान, इजिप्ट र संयुक्त अरब इमिरेट्स जस्ता देशहरू सामेल छन्। 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : २० बजे

नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौं – नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित

आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका

उद्योग मन्त्रालयको जग्गामा बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने स्थानीयको माग

भक्तपुर– सूर्यविनायक नगरपालिकाले जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग रहेको

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक