ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफ अस्पताल भर्ना « Khabarhub

ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफ अस्पताल भर्ना


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलकी पूर्व राष्ट्रपति डिल्मा रुसेफलाई कानमा समस्या देखिएपछि साङ्घाईस्थित एक अस्पताल भर्ना गरिएको छ ।

ब्रिक्ससमूहले विकासोन्मुख अर्थतन्त्रका लागि स्थापना गरेको बैंकको नेतृत्व गरिरहेकी ७७ वर्षीया अर्थशास्त्री रूसेफको उपचारपछि समस्यामा सुधार भइरहेको केही दिनभित्रै डिस्चार्ज गरिने उनको उपचारमा संलग्न चिकित्सकको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुसेफलाई सन्तुलन नियन्त्रण गर्ने स्नायुमा समस्या आएका कारण फेब्रुअरी २१ मा साङ्घाई इस्ट इन्टरनेसनल मेडिकल सेन्टरमा भर्ना गरिएको थियो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुसेफलाई सन् २०२३ मा साङ्घाईस्थित न्यू डेभलपमेन्ट बैङ्क (एनडीबी) को नेतृत्व गर्न गरी जिम्मेवारीका लागि उनलाई तोकेका थिए ।

रुसेफ सन् २०१० मा लुलाको नेतृत्वमा ब्राजिलको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । 

सन् २०१६ मा उनको दोस्रो कार्यकालमा बजेट कानुन उल्लङ्घन गरेको आरोपमा महाभियोग लगाइएको थियो । सन् २०१४ मा ब्रिक्स सदस्य राष्ट्र ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले गठन गरेको एनडीबीको प्रमुखमा नियुक्त भएपछि लुलाले उनलाई राजनीतिक खिचातानीबाट उन्मादबाट बाहिर ल्याउन मद्दत गरेका थिए ।

ब्राजिलले यस वर्ष ब्रिक्सको आलोपालो अध्यक्षता गरेको छ र जुलाईमा रियो दी जेनेरियोमा सदस्य राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्नेछ।

सन् २००९ मा स्थापना भएदेखि नै ब्रिक्स समूहले उल्लेखनीय विस्तार गरेको छ र अहिले यसमा इरान, इजिप्ट र संयुक्त अरब इमिरेट्स जस्ता देशहरू सामेल छन्। 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : २० बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम