पहिलो हाफ गोलरहित बराबरी, दबाबमा राखेर पनि नेपालले गोल गर्न सकेन « Khabarhub

पहिलो हाफ गोलरहित बराबरी, दबाबमा राखेर पनि नेपालले गोल गर्न सकेन


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

फाइनल खेलमा म्यान्मारविरुद्ध भिडेको नेपालले पहिलो हाफमा पर्याप्त दबाब दिएर पनि स्कोर निकाल्न सकेन । नेपालले गरेका तीनभन्दा राम्रा आक्रमणले गोललाइन क्रस गर्न सकेनन्।

दशरथ रंगशालामा साँझ ६ बजेदेखि भइरहेको फाइनल खेल करिब १२ हजार दर्शकबीच भइरहेको छ । नेपालले पहिलो हाफमा पाएका गतिला अवसर खेर फ्याँक्दा चुक्चुकाउनु परेको छ ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । नेपालले यसअघि आधा दर्जनबढी फाइनल हारिसकेकाले पहिलो उपाधिको खोजीमा छ ।

यसअघि म्यान्मारले लिग चरणका तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको थियो  ।

म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।

नेपालले पनि लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।

फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यान्मारलाई सयौँ स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेकाले फाइनल खेलका लागि उत्साहित छ । त्यहीअनुसार पहिलो हाफमा खेल पनि देखाएको छ ।

फाइनलअघि नेपाली महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ५८ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको