अर्थसंक्षेप : मौद्रिक नीतिको समीक्षाले यसरी हुनसक्छ शेयर बजारलाई फाइदा, लक्ष्यको तुलनामा कम धान खरिद « Khabarhub

अर्थसंक्षेप : मौद्रिक नीतिको समीक्षाले यसरी हुनसक्छ शेयर बजारलाई फाइदा, लक्ष्यको तुलनामा कम धान खरिद


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा किनबेच भएको सुनको सुन आज घटेर प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मौद्रिक नीतिको समीक्षाले यसरी हुन सक्छ शेयर बजारलाई फाइदा

नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासको मौद्रिक नीति समीक्षा गरेको छ ।

गभर्नर डा. महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा भएकाले पनि चासोसाथ हेरिएको थियो ।

तर, मौद्रिक नीतिको दोस्रो त्रैमास समीक्षाले ठूलो परिवर्तन केही गरेन । गभर्नर अधिकारीको कार्यकाल यही चैत २५ गते सकिने भएकाले शेयर बजारका लागि राम्रो नीति आउने चर्चा पनि थियो ।

त्यही चर्चाका कारण फागुन ४ गतेदेखि शेयर बजारमा निरन्तर वृद्धि गरियो । गभर्नरले आफ्नो बहिर्गमनअघि सबैलाई खुसी बनाउने गरी ६० लाख शेयर लगानीकर्ताको हितमा मौद्रिक नीति समीक्षा ल्याउने अनुमान थियो ।

लक्ष्यको तुलनामा कम धान खरिद

नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ ।

बत्तीस हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको थियो । तर पाँच हजार तीन सय ४६ क्विन्टल धान मात्र खरिद गर्न सकेको सो कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार तोकिएको लक्ष्यको तुलनामा २६ हजार छ सय ५४ क्विन्टल धान कम खरिद गरेको जनाइएको छ ।

तोकिएको समर्थन मूल्यभन्दा बजार मूल्य अत्यधिक रहेकाले किसानले आफ्नो उत्पादन त्यहाँ बिक्री नगरेर निजी क्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको सो कार्यालयका प्रमुख देवेन्द्र राईले बताए।

मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार विरुद्ध मुद्दा दायर

स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडौँका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने ढक्कन तथा मदिराका सिसीमा प्रयोग हुने अन्य सामग्री भारतबाट भन्सार छली नेपाल भित्र्याउने समूहमा संलग्न दुई जना व्यक्तिविरुद्ध पाँच करोड २१ लाख बिगो र जरिवानासहित मङ्गलबार मुद्दा दायर गरिएको हो ।

पशुपति क्षेत्रबाट ७५ जना पक्राउ- कोही सिक्री लुट्ने, कोही गाँजा खाएर हल्ला गर्ने

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ०३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड