पहिलो हाफमा चुकेको नेपालले दोस्रो हाफमा लगालग गोल खायो « Khabarhub

पहिलो हाफमा चुकेको नेपालले दोस्रो हाफमा लगालग गोल खायो


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल नेपालले लगालग गोल खाएको छ।

खेलको ६१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा गोल पोस्टको साइडबाट प्रहार गरेको बलले नेपाली किपर एन्जिला तुम्बापोलाई बिट गर्दै जाली चुमेको थियो ।

म्यानमारले खेलको ६१ औँ मिनेटमा पहिलो गोल गरेलगत्तै अर्को गोल थप्यो । उसले खेलको ६३ औँ मिनेटमा अर्को गोल थपेको हो ।

यससँगै दशरथ रंगशालामा जम्मा भएका करिब १२ हजार नेपाली दर्शक स्तब्ध भएका छन् ।

फाइनल खेलको पहिलो हाफमा पहिलो पर्याप्त दबाब दिएर पनि स्कोर निकाल्न सकेन । नेपालले गरेका तीनभन्दा राम्रा आक्रमणले गोललाइन क्रस गर्न सकेनन्।

करिब १२ हजार दर्शकबीच भइरहेको खेलको पहिलो हाफमा नेपालले स्कोरमा चुकेको फाइदा दोस्रो हाफमा म्यानमारले उठाउँदै दुई मिनेटभित्र दुई गोल गरेको छ ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । नेपालले यसअघि आधा दर्जनबढी फाइनल हारिसकेकाले पहिलो उपाधिको खोजीमा छ । तर लगालग दुई गोल खाएपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सम्भावनामा पानी फेरे बराबर भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : २९ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६