कटारी गोल्डकप : धरानलाई हराउँदै काठमाडाैं फाइनल प्रवेश | Khabarhub Khabarhub

कटारी गोल्डकप : धरानलाई हराउँदै काठमाडाैं फाइनल प्रवेश


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कटारी – ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन व्बाइज क्लब काठमाडाैं फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा एनएस फुटबल क्लब धरानलाई ४–२ गोल अन्तरले पराजित गर्दै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो ।

काठमाडौंलाई फाइनलमा पु¥याउन जर्सी नम्बर ३ का सौराज राउतले ह्याट्रिक गरे । त्यसैगरी जर्सी नम्बर २ का सन्तोष न्योपानेले काठमाडौँका लागि एक गोल गरेपछि काठमाडौँको गोल सङ्ख्या ४ पुगेको हो । पहिलो हाफ बराबरी खेलेको धरानले दोस्रो हाफको १३औँ मिनेटमा तप्पन कार्कीको गोलबाट अग्रता लिएको थियो । लगत्तै काठमाडौँका लागि सौराजले गोल गरेर खेल बराबरीमा ल्याए ।

त्यसपछि सौराजले पुनःगोल गर्दै २–१ अन्तरमा ल्याए । लगत्तै धरानका लागि तप्पनले नै गोल गरेर बराबरी बनाए पनि खेलको अतिरिक्त समयमा सौराज र सन्तोषले १–१ गोल गरेपछि धरानलाई काठमाडौँले ४–२ को अन्तरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको ‘म्यान अफ दी म्याच’ह्याट्रिक पूरा गर्नुभएका सौराज राउत घोषित भए । उनले नगद रु तीन हजारका साथमा मेडल प्राप्त गरे । बिहीबार दोस्रो सेमिफाइनलमा वीरगञ्ज युनाइटेड र सलहेस युथ क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्नेछ, भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछ ।

आठ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुनेछ । कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ४८ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले