‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई | Khabarhub Khabarhub

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं १ गण इलामले जितेको छ । सशस्त्र प्रहरीबल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले आयोजना गरेको उक्त प्रतियोगिताको आज भएको फाइनलमा इलामले सात स्वर्ण, एक रजत, छ कास्य जित्न सफल भएको छ ।

यही फागुन ११ गतेदेखि सुरु भएको खेल आज सम्पन्न भएको हो । प्रतियोगितामा फुटबल ,भलिबल, एथलेटिक्स, टेबलटेनिस, सटपुट, ब्याडमिन्टनलगायत खेलहरु सञ्चालन भएका थिए । प्रतियोगितामा सात गण र नौ गुल्मका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा सामूहिक तथा एकल विधातर्फ गरी तीन सय २० खेलाडी सहभागी रहेको सशस्त्र प्रहरीबल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले जनाएको छ ।

पुरस्कार वितरण समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले खेलकुदका माध्यमबाट राष्ट्रको गौरव, शान र पहिचान स्थापित गर्न सकिने बताए । उनले भने, “खेलका माध्यमबाट सामूहिक भावनाको विकास गराउने र आफूसँग भएका क्षमताहरुलाई उजागर गर्नका साथै त्यसबाट व्यक्तित्व विकासको अवसर प्राप्त गर्न सकिन्छ ।”

बाहिनिपति कप २०८१ का विजेता टिम तथा खेलाडीहरुलाई विभिन्न गणका गणपतिहरुले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।

समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामका सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र सुवेदी, सशस्त्र प्रहरी बल नेपाल नं २ गणका प्रमुख तुला भण्डारीलगायत गण र गुल्मका गणपतिहरुको उपस्थिति रहेको थियो ।

बराह बाहिनी मुख्यालयका नायब महानिरीक्षक शम्भु सुवेदीले विजेता टिम सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरे।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १० : ४६ बजे

मखन-इन्द्रचोकको बाटो नबन्दा यात्रुलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको मखनदेखि इन्द्रचोक जाने बाटोमा पैदल यात्रुलाई हिँड्न समस्या

विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक

काठमाडौं– सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था  चिन्ताजनक रहेको विश्व

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान

काठमाडौं– नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीका लागि विभिन्न देश

उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक