‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई « Khabarhub

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं १ गण इलामले जितेको छ । सशस्त्र प्रहरीबल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले आयोजना गरेको उक्त प्रतियोगिताको आज भएको फाइनलमा इलामले सात स्वर्ण, एक रजत, छ कास्य जित्न सफल भएको छ ।

यही फागुन ११ गतेदेखि सुरु भएको खेल आज सम्पन्न भएको हो । प्रतियोगितामा फुटबल ,भलिबल, एथलेटिक्स, टेबलटेनिस, सटपुट, ब्याडमिन्टनलगायत खेलहरु सञ्चालन भएका थिए । प्रतियोगितामा सात गण र नौ गुल्मका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा सामूहिक तथा एकल विधातर्फ गरी तीन सय २० खेलाडी सहभागी रहेको सशस्त्र प्रहरीबल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले जनाएको छ ।

पुरस्कार वितरण समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले खेलकुदका माध्यमबाट राष्ट्रको गौरव, शान र पहिचान स्थापित गर्न सकिने बताए । उनले भने, “खेलका माध्यमबाट सामूहिक भावनाको विकास गराउने र आफूसँग भएका क्षमताहरुलाई उजागर गर्नका साथै त्यसबाट व्यक्तित्व विकासको अवसर प्राप्त गर्न सकिन्छ ।”

बाहिनिपति कप २०८१ का विजेता टिम तथा खेलाडीहरुलाई विभिन्न गणका गणपतिहरुले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।

समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामका सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र सुवेदी, सशस्त्र प्रहरी बल नेपाल नं २ गणका प्रमुख तुला भण्डारीलगायत गण र गुल्मका गणपतिहरुको उपस्थिति रहेको थियो ।

बराह बाहिनी मुख्यालयका नायब महानिरीक्षक शम्भु सुवेदीले विजेता टिम सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरे।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १० : ४६ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त