श्रेयास ऐयारको कप्तानी पारीमा पञ्जाब विजयी : गुजरात ११ रनले पराजित « Khabarhub

श्रेयास ऐयारको कप्तानी पारीमा पञ्जाब विजयी : गुजरात ११ रनले पराजित


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पन्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ। सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान श्रेयास ऐयारले कप्तानी पारी खेलेका हुन्। उनले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे। उनी शतकका लागि मात्र तीन रनले चुके। सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरात २३२ रनमा समेटिएको हो।

२४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए ।

सेफन रुदरफोर्डले २८ बलमा ४६ रन जोडे। जोस बटलरले ३३ बलमा ५४ रन जोडे। आर्सदीप सिंहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा २४३ रन जोडेको थियो। पञ्जाबका लागि कप्तान ऐयारले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे। उनको पारीमा ५ चौका र ९ छक्का समावेश थियो।

यसैगरी पञ्जाबका लागि शशांक सिंहले नटआउट १६ बलमा ४४ रन जोडे। उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो। यसअघि प्रियांश आर्यले पारीको सुरुवात गर्दै २३ बलमा ४७ रन जोडेका थिए। गुजरातका साइ किशोरले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।

यो खेलसँगै आईपीएल यो जितको पहिलो खेल सबै टिमले खेलिसकेका छन्। पहिलो खेलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोरु, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स विजयी हुँदा गुजरात टाइटन, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, कोलकोत्ता किंग्स राइडर्स र राजस्थान रोयल्सले पराजयबाट खेलको सुरुवात गरेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : ४९ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन