आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात « Khabarhub

आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात


१२ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ। विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ।

गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ।

पछिल्लो आठ महिनामा एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ।

त्यस्तै सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, पाँच अर्ब ८३ करोड ७३ लाखको अलैंची, चार अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ।

विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख बराबरको वैदेशिक व्यापार गर्दा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा बेहोरेको छ। पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको छ।

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा पाँच खर्ब ६३ अर्ब ६७ करोडको व्यापार घाटा बेहोरेको छ। गत साउनदेखि फागुनसम्म भारतबाट छ खर्ब ८८ अर्ब ६८ करोडको आयात हुँदा एक खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ।

चीनसँग दुई खर्ब १९ अर्ब १८ करोडको आयात र दुई अर्ब १२ करोडको निर्यात हुँदा २१ अर्ब ७० करोडको व्यापार घाटा बेहोरेको छ।

अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकसँग नेपालको व्यापारघाटा उच्च छ। उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ।

अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ।

अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ। पछिल्ला आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेका छ।

नौ अर्ब ६९ करोड २२ लाख बराबरको विद्युतीय सवारीसाधन र दुई अर्ब ११ करोड बराबरको अन्य सवारीसाधन आयात भएको छ। यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : ३६ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट