ग्रुप च्याटमा पत्रकार मिसिएको विषयले ट्रम्प क्याबिनेटमा तरंग « Khabarhub

ग्रुप च्याटमा पत्रकार मिसिएको विषयले ट्रम्प क्याबिनेटमा तरंग


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी क्याबिनेट च्याट ग्रुपमा पत्रकार प्रवेश पाएपछि यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याबिनेटमा नै तरंग उत्पन्न भएको छ।

यमनमा हाउथीलाई आक्रमण गर्ने विषयमा भएको ग्रुप च्याटमा पत्रकार उपस्थित गराइएपछि अमेरिकी सिनेटमा रक्षामन्त्री पिटर हेगसेथमाथि धेरै जना आक्रामक भएका छन्।

सिनेटमा नै यो विषय चर्को रूपमा उठेको छ। सिनेटमा डेमोक्र्याटले बारम्बार प्रश्न उठाएपछि अमेरिकी गुप्तचर निकायकी सिआइएका निर्देशक जोन रेटक्लिफ र राष्ट्रिय गुप्तचरकी निर्देशक तुलसी गावार्डले महत्त्वपूर्ण सूचना लिक नभएको दाबी गरेका छन्।

सिनेटमा आक्रमणको बारेमा विवरण पठाइएको कुरा चर्को रूपमा उठेको थियो। यी दुवैले महत्त्वपूर्ण आक्रमण योजना बाहिर नआएको दाबी भने गर्न छाडेका छैनन्। हेगसेथले गरेको टेक्सटमा अगामी आक्रमण, लक्ष्य र हतियारको प्रसङ्ग पनि भएका कारण उनको विषयमा सिनेटमा चर्को आवाज उठेको हो।

यसअघि सोमबार नै हेगसेथले युद्ध योजनाका बारे सो ग्रुप च्याटमा कुनै कुरा नभएको दाबी गरेका थिए।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १० : ४२ बजे

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा

अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फागु पर्व (होली)ले नेपाली समाजमा आपसी

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि