इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि पठाइयो सेनाको हेलिकोप्टर « Khabarhub

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि पठाइयो सेनाको हेलिकोप्टर


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा बुधबार बिहानदेखि आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित उक्त भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर निकाल्दै आगो निभाउने काम भइरहेको छ । 

भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको छ । भवनभित्र फसेका मानिसहरू उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।  

आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।

 बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि ग्यासका सिलिण्डर पड्केको थियो। फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको अवस्था छ ।  

आगलागीपछि उद्धारमा समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टर काठमाडौंबाट त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

उक्त आगो निभाउन इटहरी, धरान र आसपासका नगरका वारुण यन्त्र प्रयोग भए पनि बढी उचाइका कारण नियन्त्रणमा लिन मुस्किल भएको छ। यो भवनमा क्युएफएक्स सिनेमाहल, बरण्डा होटल लगायत सुविधायुक्त पसल सञ्चालनमा थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : १६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल