‘हार बेहोर्न नसकेका व्यक्तिहरूले अपांग संघलाई बदनाम गर्न खोजे’ « Khabarhub

‘हार बेहोर्न नसकेका व्यक्तिहरूले अपांग संघलाई बदनाम गर्न खोजे’


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय लोकतान्त्रिक अपांग संघका सात प्रदेश अध्यक्षहरूले संघको केन्द्रीय महाधिवेशनका सन्दर्भमा भएका टिकाटिप्पणी प्रति चिन्ता व्यक्त गरेका छन् । संघको निर्वाचनबाट माधव चापागाइँको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो । अध्यक्ष पदका आकांक्षी विकास थापा र कल्पना खड्काले आफू पराजित भए पछि विभिन्न आरोप लगाउँदै समानान्तर समिति घोषणा गरेका थिए । 

सात प्रदेश अध्यक्षले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचनको औपचारिक प्रक्रियामा सहभागी भई हार बेहोर्न नसकेका केही व्यक्तिहरूले अधिवेशनलाई बदनाम पार्ने नियतले तथ्यहीन प्रचार, तोडफोड र धम्की जस्ता अनुचित क्रियाकलापहरू गरेको आरोप लगाएका छन् ।  चम्लागाईं नेपाली कांग्रेसका महामन्त्री गगन थापा, थापा कांग्रेस नेता शेखर कोइराला र खड्का प्रकाशशरण महत पक्षधर हुन् । 

संघका कोशी प्रदेश अध्यक्ष गोपालमान थापा, मधेश प्रदेश अध्यक्ष जयप्रकाश ठाकुर, बागमती प्रदेश अध्यक्ष प्रेम लामा, गण्डकी प्रदेश अध्यक्ष शंकर पराजुली, लुम्बिनी प्रदेश अध्यक्ष पूर्णप्रसाद कालाथोकी, कर्णाली अध्यक्ष जानकी पुन र सुदूरपश्चिम संयोजक नरेन्द्र प्रसाद जैशीले संयुक्त रुपमा हस्ताक्षर गरी प्रकाशित विज्ञप्ति खण्डन गरेका छन् । उनीहरूले महाधिवेशनको सम्पूर्ण प्रक्रिया नेपाली कांग्रेस केन्द्रीय कार्यालय, निर्देशन समिति र निर्वाचन समितिको समन्वयमा निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक पद्धतिबाट सम्पन्न भएको बताएका छन् ।

विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाको निर्देशनमा प्रकाश पन्थको अध्यक्षतामा गठित १७१ सदस्यीय तदर्थ समितिले केन्द्रीय महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक ढंगले नयाँ नेतृत्व चयन गरेको उल्लेख छ । 

संघको छवि धमिल्याउने, प्रतिनिधिहरूको सम्मानमा आघात पुर्याउने र अपांगता भएका व्यक्तिहरूको हक र अधिकारको अभियानमा बाधा पुग्ने कुनै पनि गतिविधि सह्य हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ४१ बजे

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि