समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह  « Khabarhub

समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह 


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् । 

बुधबार नेपाली कांग्रेसकाे शिक्षा विभागको आयोजनामा  शिक्षा नीति बहसअन्तर्गत `विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार´ विषयक विमर्श कार्यक्रम बोल्दै उपप्रधानमन्त्री सिंहले समाजलाई असल बाटोमा डाेर्‍याउने जग नै शिक्षा भएको बताए । राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उनको भनाई छ । शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहले बताए ।

त्यस्तै उनले नेपालमा शिक्षाको लहर ०७ सालको क्रान्तिपछि आएको भन्दै अब समयअनुकूलकाे शिक्षा दिन सक्नुपर्ने धारणा राखे । अहिले शिक्षाको धेरै अधिकार स्थानीय तहमा रहेको भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरूको सुझाव महत्त्वपूर्ण हुने बताए । 

कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरूले  शिक्षा विधेयमाथि पालिकाको धारणा र सुझाव राखेका छन् । 

विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उनीहरूको सुझाव समेट्नका लागि विभागले विमर्श कार्यक्रम आयोजना गरेको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ५७ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली

अझै निको भएनन् नेयमार, नकआउट चरणसम्म ब्राजिलको टोलीमा फर्किने सम्भावना कमजोर

न्यूयोर्क- ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको नकआउट चरणका खेल

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

एजेन्सी– अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ होर्मुज मार्फत ढुवानी