कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय गलत : जनमोर्चा | Khabarhub Khabarhub

कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय गलत : जनमोर्चा


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत भनेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्तिमार्फत सरकारको निर्णय गलत भएकोभन्दै विरोध जनाएका छन् । 

‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत छ,’ उनले भनेका छन्, ‘उक्त गलत निर्णयको हाम्रो दल राष्ट्रिय जनमोर्चाले विरोध तथा भर्त्सना गर्दछ ।’

जनमोर्चाले अन्तरविरोधमा कुलमान आफ्नो अडानबाट पछाडि नहटेपछि नै सरकार उनलाई पदबाट बर्खास्त गर्ने गलत निर्णयमा पुगेको जनमोर्चाको दाबी छ । 

‘ठूला व्यापारीक घराना र विभिन्न उद्योगहरूको लामो समयदेखि विद्युत महशुलको बुझाउन बाँकी रहेको बक्यौता रकम असुल उपर गर्न कुलमानले अगाडि बढाएको प्रक्रिया र विद्युत महशुलको बाँकी बक्यौता नतिर्ने उद्योगी र ठूला व्यापारीक घरानाहरू र सरकारका बीच साँठगाँठ भइ त्यसलाई रोक्न वा अवरोध खडा गर्न सरकारले दिइरहेको प्रशासनिक दबाबका बीच लामो समयदेखि द्वन्द्व चलिरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : ०१ बजे

दक्षिण एशियाली आकाशमा आयातित हतियार परीक्षण, चिनियाँ र इजरायली हतियारबारे चासो

काठमाडौं– भारत र पाकिस्तानबीचको टकराव उत्कर्षमा पुगेको छ । दुबै

दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ : मन्त्री चौरसिया

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले दलित

अझै कलाकार चयनमै ‘महाराजधिराज’ टिम, कहिले हुन्छ छायाङ्कन ?

काठमाडौं – परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्ममा नायिका वर्षा

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक को लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ