सडकपछि सदनमा पनि विपक्षीले घेरे सरकारलाई (तस्बिरहरू) | Khabarhub Khabarhub

कुलमान बर्खास्ती प्रकरण

सडकपछि सदनमा पनि विपक्षीले घेरे सरकारलाई (तस्बिरहरू)


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको प्रकरणमा सडकबाट तातेको माहोल सदनसम्मै पुगेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बिदा गरेर हितेन्द्रदेव शाक्यलाई प्रबन्ध निर्देशक बनाएसँगै सडकदेखि सदनसम्म तातेको हो ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षीले सरकारको उक्त कदमको विरोध गर्दै सदन अवरुद्ध पारेका छन् ।

उनीहरूले कुलमानलाई बर्खास्ती प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् । तर विपक्षीले सदनमा अवरोध गरिरहँदा प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकमा व्यस्त थिए ।

गठबन्धनको बैठकले गत माघ २ गते जारी भएको भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । उता कुलमानलाई कांग्रेस र एमाले दुवै मिलेर हटाएकाले अब त्यसमा पुनर्विचार नगर्ने पक्षमा सत्ता गठबन्धन अडीग देखिएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : ५४ बजे

ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा

बेनी– सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि

मातातीर्थमा मेला (तस्बिरहरू) 

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान

मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर

मुस्ताङ– पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु संकटका कारण खानेपानीका

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने

चितवन– पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न

इरानको बन्दरगाहमा भयानक बिष्फोट १४ जनाको मृत्यु

तेहरान– इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको