प्रचण्डले भने- कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्दैन « Khabarhub

प्रचण्डले भने- कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्दैन


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन् । 

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन् । विपक्षीले राखेको मागलाई प्रधानमन्त्रीले सहज रूपमा लिनुपर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्ने जिकिर गरे । प्रचण्डले संक्रमणकालीन न्यायसंगसम्बन्धी विषयमा प्रधानमन्त्रीसँग सहमति भएपछि आफू हिँडेको र त्यस दिन कुलमानबारे कुनै चर्चा नभएको जिकिर गरे ।

तर संक्रमणकालीन न्यायसंगसम्बन्धी छलफलपछि कुलमानका विषयमा निर्णय गरेर प्रधानमन्त्रीले जालझेल गरेको आफूलाई महसुस भएको उनले गुनासो गरे ।  

उनले संक्रमणकालीन न्यायसँग कुलमान साट्यो भनेर भ्रम फैलाइएको प्रति आफू दुखित भएको भन्दै सत्य तथ्य राखिदिन सञ्चारकर्मीसँग आग्रह गरे  । 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ४ : ५० बजे

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

नुवाकोट– नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम