एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु गैरराजनीतिक : महेश बर्तौला « Khabarhub

एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु गैरराजनीतिक : महेश बर्तौला


१२ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीले एउटा व्यक्तिलाई देवत्वकरण गर्ने काम गरेको र त्यसलाई जोडेर प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका हुन् । 

विपक्षी दलले नियोजित रुपमा संसद्लाई अवरोध सिर्जना गरेको उनको आरोप छ । बर्तौलाले सरकारले आवश्यक ठान्दा नियुक्ति वा कारवाही गर्नु सामान्य विषय भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उचित नभएको बताए । 

उनले यस विषयमा सरकारका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिन सक्ने तर प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागबाट विपक्षी पछि हट्नुपर्ने धारणा राखे ।

उनले कानून बमोजिम भएका कुरालाई आन्दोलनको विषय बनाउन नहुने र कुनै असन्तुष्टि भए अदालतको ढोका खुल्ला रहेको बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ५ : १५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच