कुलमानबारे ऊर्जामन्त्री खड्काले संसद्लाई जवाफ दिने   « Khabarhub

कुलमानबारे ऊर्जामन्त्री खड्काले संसद्लाई जवाफ दिने  


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुलमान घिसिङको बर्खास्तीबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभामा बिहीबार जवाफ दिने भएका छन् ।  

बुधबार प्रतिनिधिसभामा विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका थिए । 

विपक्षीले सदनमा जवाफ माग गरेर सदन अवरोध गरेपछि बुधबारको बैठक बिहीबारका लागि सभामुख देवराज घिमिरेले सारेका छन् ।

बिहान ११ बजे सुरु भएको बैठक आधा घण्टा अवरोध भएपछि ३ बजे पुनः बसेको थियो । तर विपक्षीले प्रधानमन्त्री को जवाफबारे अडान नछोडेपछि बैठक सारिएको थियो । 

भोलिको बैठक ११ बजे बस्ने छ । जहाँ विभागीय मन्त्री खड्काले कुलमानलाई बर्खास्त गरेको विषयमा सदनमा जवाफ दिने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खबरहबलाई बताए । 

‘यो प्रधानमन्त्रीले जवाफ दिने कुरा नै होइन । यस्ता साना कुरामा प्रधानमन्त्रीले जवाफ दिन थालेपछि समस्या हुन्छ ।’ बर्तौलाले खबरहबलाई भने, ‘सरकारका तर्फबाट मन्त्रीले जवाफ दिनुहुन्छ । यसका विभागीय मन्त्रीले नै दिने छलफल भएको छ ।’ 

उनले सरकारले नियुक्ति गरेको कर्मचारी हटाउँदा सडक र सरकारमा रोइलो गर्नु उचित नभएको तर्क गर्छन्  । 

तर विपक्षीले भने प्रधानमन्त्री ओलीकै जवाफ माग गरेका छन् । उनीहरूले ओलीले जवाफ नदिए सदन नचल्ने अडान कायम राखेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : ४५ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज