म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम « Khabarhub

म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका-१ रत्नेचौर र वडा नं ५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ।

समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइन्।

“महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ,” उनले भनिन्, “आर्थिक वर्ष २०७९/०८० देखि सुरु भएको चालु आर्थिक वर्षमा रु २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा नं १ र ५ मा लागू भएको छ।”

महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताइन। नगर उपप्रमुख लामिछानेको प्रस्तावमा तीन वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख डमसरा पुनले पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउ खेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाई कटाई तालिम प्रदान गरिएको जानकारी दिइन्।

च्याउ खेती र धुप बनाउने समूहलाई दुई/दुई दिन तालिम, विउ, एक/एक वटा टनेल सहयोग गरिएको छ। तीन महिने सिलाई कटाई तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ। रत्नेचौरमा २० जनालाई बाँसबाट सजावटका सामग्री बनाउने तालिम सुरु भएको छ।

दुई वटा समूहलाई च्याउ खेतीसम्बन्धी तालिम र प्रविधि सहयोग गरिने नगरपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा बेनी नगरपालिका-३ भकिम्लीमा कुखुरापालन र वडा नं ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो।

गत २०८०-८१ मा बेनी नगरपालिका-१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाले ब्यवसायिक रूपमा बाजा बजाउन र वडा नं २ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन्।

पुलाचौर आमा समूहका सचिव हिरा जिसी बानियाले बजारमा खपत हुने, बनाउन सजिलो, छिटो आम्दानी हुने भएकाले च्याउ खेती र धुप बनाउने सिप सिकेको बताइन।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : २२ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग