बालेनलाई सुनिताको जवाफ: काठमाडौं टावर अनावश्यक, महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ « Khabarhub

बालेनलाई सुनिताको जवाफ: काठमाडौं टावर अनावश्यक, महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामा प्रश्न उठाएकी छन्।

शनिबार पत्रकारसँको अन्तरक्रियाका क्रममा उनले काठमाडौं महानगरमा भ्रष्टाचार भएको भनेर पटकपटक विवादित कुरा आइरहेको सन्दर्भमा अख्तियारले छानबिन गर्नुपर्ने बताएकी हुन्।

महानगरका मेयर बालेन्द्र साह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितलाई आरोपित गरिरहेका सन्दर्भमा डंगोलले यसबारे अख्तियारले छानबिन गरेर विवादलाई किनारा लगाउनुपर्ने बताएकी हुन्।

उनले महानगरको बोर्ड बैठकको भिडियो पनि एकपक्षीय र अधुरो सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएकी छन्।

‘यति धेरै भ्रष्टाचारको प्रसंग उठ्दा अख्तियार किन मौन छ ? अख्तियारले महानगरमा छानबिन गर्नै पर्छ’, उनले भनिन्, ‘अधुरो सूचना दिएर मानिसलाई अन्योलमा पार्नु हुँदैन। भ्रष्टाचारमन एकजना व्यक्ति मात्रै छ कि संगठित रूपमा लागेको छ ? यसको खोजी हुनुपर्छ। अख्तियारको मौनता त्यति राम्रो होइन।’

काठमाडौं टावर अनावश्यक
उपमेयर डंगोलले अहिले सबैभन्दा विवादित बनेको पुरानो बसपार्कस्थित काठमाडौं टावर अनावश्यक रहेको बताएकी छन्। जनताबाट लिएको उक्त ठाउँ बसपार्ककै रूपमा प्रयोग हुनुपर्ने उनको तर्क छ।

‘म जहिले पनि पिपुल्स फर्स्ट भनिरहेको छु। काठमाडौं टावर बनाउँदै गरेको ठाउँमा जनतासँग बसपार्क बनाउन जग्गा लिएको हो’, उनले भनिन्, ‘बसपार्कमा भवन ठड्याएर व्यापार गर्नु गलत हो। सरकारले जुन प्रयोजन र उद्देश्यका लागि जग्गा लिएको छ, त्यही प्रयोजनमा लगाउनु पर्छ।’

डंगोलले काठमाडौं टावरको आवश्यकता नै नरहेको बताइन्। ‘काठमाडौं टावर आवश्यक नै छैन’, उनले भनिन्, ‘त्यो आवश्यकताबिना बनाइएको छ। त्यहाँ बसपार्क नै हुनुपर्छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : २९ बजे

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको