फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ? | Khabarhub Khabarhub

फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?

पत्रकार पुलिटजरले दिएका थिए १ हजार डलर चन्दा


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सन् १८५१, २ डिसेम्बरको रात १७ वर्षीय फ्रेडरिक अगस्ट वारथोल्ड पेरिसको गल्ली घुमिरहेका थिए। नेपोलियनको नेतृत्वमा फ्रान्सेली नागरिकले राजा लुईको हातबाट फ्रान्सको शासन खोसेको केही समय बितेको थियो। तर फ्रान्सका नागरिक तथा राजा लुईका केही समर्थकबीच लडाईं जारी थियो। पेरिसको सडकमा अझै हिउँ परिरहेको थियो। त्यहाँका केही नागरिकले एक गल्लीमा आफ्नो सुरक्षाका लागि एउटा पर्खाल बनाएर राखेका थिए।

एक हातमा ‘मशाल दीप’ लिएकी एक अन्जान युवतीले त्यस पर्खालमा चढी राजभक्त सैनिकहरुलाई हौसला दिँदै भनिन-‘अघि बढ’ यसो भनेको केही क्षणमै विपक्षी सैनिकको गोलीले त्यस युवतीको प्राण पखेरु उड्यो। यी सब दृश्य हेरिरहेका वारथोल्डको नजरमा ती युवती स्वतन्त्रताकी प्रतीक बन्न पुगिन।

यस प्रतीकलाई सजीवता दिन वारथोल्डले उनको सम्झनामा ‘स्ट्याच्यु अफ लिबर्टी’को रुपमा मूर्ति निर्माण गर्ने परिकल्पना गरे। त्यो मूर्ति अद्यापि स्वतन्त्रताकी प्रतिमूर्तिको नामले चिनिदै आएको तर यसको वास्तविक नाम ‘लिबर्टी लाइटनिङ द वल्र्ड’ हो। उक्त मूर्तिको निर्माण फ्रान्समा भएको थियो। कला तथा साहित्यको केन्द्र पेरिसमा बनेको यस विशाल कलाकृतिलाई अमेरिका स्वतन्त्रताको शताब्दी पुगेको उपलक्ष्यमा सन् १८८६ मा फ्रान्सले उपहार दिएको थियो।

स्ट्याचु अफ लिबर्टीका निर्माता फ्रेडरिक अगस्ट वारथोल्ड हुन्। फ्रान्सको कोल्मक शहरमा २ अप्रिल १८३४ मा जन्मेका वारथोल्ड ३ वर्ष हुँदा उनका पिताको मृत्यु भएको थियो। त्यसपछि उनी आमासंग पेरिस गए। त्यहाँ उनलाई आफूभित्र लुकेको कला सार्वजनिक गर्ने मौका मिल्यो।

स्ट्याचु अफ लिबर्टीका निर्माता फ्रेडरिक अगस्ट वारथोल्ड हुन्। फ्रान्सको कोल्मक शहरमा २ अप्रिल १८३४ मा जन्मेका वारथोल्ड ३ वर्ष हुँदा उनका पिताको मृत्यु भएको थियो। त्यसपछि उनी आमासंग पेरिस गए। त्यहाँ उनलाई आफूभित्र लुकेको कला सार्वजनिक गर्ने मौका मिल्यो। शुरुमा उनले चित्रकलाको अभ्यास गरे पनि अन्ततः शिल्पकलामा प्रवीणता प्राप्त गरे। एटेक्स, शेफरजस्ता महान कलाकारहरुसंगको सम्पर्कमा आएर उनले आफ्नो प्रतिभा उजिल्याउने ठूलो मौका पाए।

फ्रान्समा तेस्रो जनतन्त्र स्थापनाको समयमा उनी २१ वर्षका थिए। त्यस समय उनी एडवर्ड डि.लाबुयाल नामक एक सम्मानित फ्रान्सेली नागरिकको सम्पर्कमा पुगे। कानूनका शिक्षक, पत्रकार तथा राजनीतिज्ञ लाबुयाल अमेरिकालाई उसको स्वतन्त्रताको शताब्दी पूरा भएको उपलक्ष्यमा फ्रान्सको तर्फबाट एक यस्तो उपहार दिन चाहन्थे, जसको कण कणमा स्वतन्त्रताको आभास कालान्तरसम्म मिल्न सकोस्।

वारथोल्डसंगको छलफलमा उनले मूर्ति निर्माणको निर्णय गरेर त्यसका लागि आवश्यक कामको चाँजोपाँजो मिलाउन थाले।
मूर्ति स्थापना गर्ने ठाउँ र विभिन्न अध्ययन गरी अमेरिकाबाट फर्किएपछि वारफोल्ड सम्मिलित लाबुयालको अध्यक्षतामा फ्रान्स–अमेरिकी संघको स्थापना गरियो। वारथोल्डले मूर्तिको ३ फुट अग्लो मोडेल तयार पारे। यसैको आधारमा १५२ फुट अग्लो मूर्ति बनाउने कार्य शुरु गरियो। गुस्ताब एफिल नामका एक सिभिल इन्जिनीयरले फलामको डण्डीबाट एउटा नमूना तयार गरे। यिनै इन्जिनीयरले फ्रान्सको विख्यात एफिल टावर बनाएका थिए। जुन उनकै नामबाट संसारमा प्रसिद्ध छ।

उनैले प्लास्टरको एक ठूलो मोडल बनाएर त्यसलाई विभिन्न टुक्रामा विभाजित गरे। विभाजित टुक्रालाई तामाको पातलो तारले बलियो बनाउने कार्य गरियो। मूर्तिलाई जीवन्त आकार दिन फ्रान्समा केही रकम जम्मा गरियो। अमेरिकी जनताको तर्फबाट पनि यसप्रति अभिरुचि जगाउन केही रकम संकलनको सिलसिलामा मूर्तिको मसालवाला हातसंगै लिएर वारथोल्ड अमेरिका पुगे। त्यस अंशलाई पहिलोपल्ट अमेरिकाको फिलाडेल्फियामा प्रदर्शन गरियो। त्यो देखेर मानिस चकित भए। त्यसपछि न्यूर्योक लगायत विभिन्न ठाउँको प्रदर्शनीले उनलाई अमेरिकामा रातारात लोकप्रिय बनाइदियो।

यही लोकप्रियता देखेर १० फेब्रुअरी १८७३ मा अमेरिकी कांग्रेसले औपचारिक रुपमा राष्ट्रपतिलाई फ्रान्सको उपहारका रुपमा मूर्ति स्वीकार्न सल्लाह दियो। १५ दिनपछि बोडलोज टापूमा मूर्ति स्थापना गर्ने निश्चित भएको घोषणा अमेरिकामा गरियो। यस घोषणाले वारथोल्ड लगायत मूर्ति निर्माण कार्यमा लागेका सबैलाई खुशी तुल्यायो। किनकी औपचारिक रुपमा मूर्ति स्वीकार्ने निर्णय नभए पनि उनीहरु अमेरिकाका लागि नै भनेर त्यो मूर्ति निर्माणमा जुटेका थिए।

के तपाईं सलाई किन्न सक्नुहुन्छ ?
मूर्तिको आधार स्तम्भ बनाउन २ सय ५० हजार डलर चाहिएको थियो। अमेरिकी संघले केवल सय हजार डलर जम्मा गर्ने निर्णय लिएको थियो। यसरी हेर्दा मूर्ति निर्माणमा अझै रकमको अभाव देखियो। यसैलाई देखेर एक पत्रिकाले एउटा कार्टुन छाप्यो। जसमा आफ्ना हातमा निभेको मशाल लिएर अमेरिका समक्ष उभिएको बनाइएको थियो। त्यसको तल लेखिएको थियो- ‘के तपाईं सलाई किन्न सक्नुहुन्छ ?’ तर पछि स्थितिले कोल्टे फेर्‍यो। प्रख्यात अमेरिकी पत्रकार पुलिटजरले आफ्नो पत्रिका वल्र्डको तर्फबाट १ हजार डलर चन्दा दिए। त्यसपछि मूर्ति निर्माणमा चन्दा दिनेको भीड लाग्न थाल्यो।

मूर्तिको आधार स्तम्भको निर्माण १८८३ मा प्रारम्भ भयो र यसलाई पूरा गर्न दुई वर्ष लाग्यो। मूर्ति पूरा बनिसकेपछि वारथोल्डले त्यसलाई अमेरिका लैजाने व्यवस्था मिलाए।

मूर्तिको आधार स्तम्भको निर्माण १८८३ मा प्रारम्भ भयो र यसलाई पूरा गर्न दुई वर्ष लाग्यो। मूर्ति पूरा बनिसकेपछि वारथोल्डले त्यसलाई अमेरिका लैजाने व्यवस्था मिलाए।

फलाम, तामाको २ सय टन तौलको त्यो विशाल मूर्तिलाई खण्ड खण्डमा विभाजन गरेर पेरिसको ‘रावे’ बन्दरगाहसम्म पुर्‍याइयो। त्यहाँ मूर्तिलाई इजेर नामको जहाजमा राखियो। ७२ मिटर लामो त्यो जहाज अमेरिका र फ्रान्सको झण्डा फहराउँदै १७ जून, १८८५ मा अमेरिकाको न्यूर्योक बन्दरगाहमा पुग्यो। त्यसपछि तोपको सलामी दिई भव्य स्वागत गरियो।

मूर्तिलाई बोडलेग द्वीपमा सफलतापूर्वक उभ्याएपछि २८ अक्टोबर १८८६ मा अमेरिकी राष्ट्रपति ग्रोभर कलभल्याण्डले मूर्तिको उद्घाटन गरेका थिए। राष्ट्रपतिलाई जगहलेसेप (स्वेज नहरका निर्माता)ले फ्रान्स–अमेरिकी संघको तर्फबाट धन्यवाद दिए। समारोहभरि नदेखिएका वारथाल्डले भाषण समाप्त हुनासाथ मूर्तिको शिरभित्रबाट डोरी तानेर मूर्तिको मुखाकृति सबैको अगाडि पहिलोपल्ट सार्वजनिक गरे।

मूर्तिबारे नखुलेको केही तथ्य
मूर्तिको उचाई ९३ मिटर, चौडाई १५ मिटर, वजन २ सय टन छ। यसको टाउकोमा ३० व्यक्ति र १६ जना मशालमा रहन सक्ने यस भीमकाय मूर्तिको बायाँ हातमा एक किताब छ, जुन १७७३, ४ जुलाईमा लेखिएको थियो। दायाँ हातमा राखिएको विशाल मशालमा पहिला आगो बालिन्थ्यो। तर अहिले १३ हजार वाटको प्रकाश निस्कने १९ वटा चिम जडान गरिएको छ। मूर्तिको भित्री भागमा घुमाउरो सिंढी छ। जसमा चढेर मूर्तिको शिरसम्म पुग्न सकिन्छ।

मूर्तिको हरेक खण्डमा १६८ खुड्किलाको भर्‍याङ राखिएको छ। शिरमा चारैतिर २५ वटा झ्याल छन्। यी झ्यालबाट २० जना मानिसले सजिलै हेर्न सक्छन्। यसखाले अद्भूत प्रतिमा निर्माण गरेर प्रसिद्धिको चरम चुलीमा पुगेका वारथोल्डलाई अमेरिकारले सम्मानित नागरिक बनायो। फ्रान्समा पनि उनलाई देशको उच्चतम सम्मान ‘लिजन अफ अनर’ प्रदान गरियो। यी महान कलाकारको सन् १९०५ मा ७१ वर्षको उमेरमा निधन भयो।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : २४ बजे

यी हुन् विगत ६० वर्षमा सर्वाधिक व्यापार गर्ने ५ नेपाली फिल्म

काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सव

शेखरले सभापतिलाई सोधे– महाधिवेशन समयमै गर्न नसक्नुको कारण के हो ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर

केही वडाध्यक्षको ‘दोहोरो भूमिका’ले झन् लम्बियो काठमाडौं महानगरमा बजेटको अन्योल

काठमाडौं– देशका छमध्ये पाँचवटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा

कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र

धनगढी– आगामी दिनहरूमा हुने भारी वर्षाका कारण कैलाली जिल्लाका विभिन्न