चार महिनादेखि बसेन काठमाडौंको कार्यपालिका, सुनिताले भनिन्- एजेन्डाको थुप्रो लाग्यो, मेयरसँग भेट हुन सकेन « Khabarhub

चार महिनादेखि बसेन काठमाडौंको कार्यपालिका, सुनिताले भनिन्- एजेन्डाको थुप्रो लाग्यो, मेयरसँग भेट हुन सकेन


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक चार महिनादेखि बस्न सकेको छैन । गत पुस ८ गते पछिल्लो पटक बसेयता कार्यपालिका बैठक हुन नसकेको हो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यपालिका बैठक नबस्दा एजेन्डाको चाङ लागेको बताइन् । पछिल्लो समय मेयर बालेन्द्र साहसँग उपमेयर डंगोल, वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच मतभेद बढिरहेको छ । यसका कारण कार्यपालिका बस्न सकेको छैन ।

मेयर साहसँग उपमेयर, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको संवादहीन अवस्थाले हरेक महिना बस्नुपर्ने कार्यपालिका बैठक बस्न नसकेको हो । गत पुस ८ गतेयता काठमाडौंको कार्यपालिका बैठक बस्न सकेको छैन ।

‘चार महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन, कसको कारण हामीले भनिरहनु परेन’, उनले भनिन्, ‘जुन दिन मेयरले महानगरपालिकामा मिटिङ बसौँ भन्नु हुन्छ, बस्छ । हामीले नहुने काम गर्नु हुँदैन ।’ उपमेयर डंगोलले मेयर साहसँगको सम्बन्धबारे अनेक अड्कलबाजी हुने गरेको बताइन् ।

‘सम्बन्ध हिजो जस्तो छ, आज पनि त्यस्तै छ’, उनले भनिन्, ‘अहिले प्रमुखलाई भेट्ने प्रयास गरिरहेको छु, भेटेपछि कुरा गर्छु ।’ उपमेयर डंगोल गत शनिबार बेल्जियमबाट फर्किएकी हुन् । त्यसयता उनी र मेयरबीच भेट हुन सकेको छैन । ‘एजेन्डा नभए शुभकामना दिन पनि कार्यपालिका बैठक बस्नुपर्छ’, उनले भनिन्, ‘अहिले त एजेन्डाको चाङ लागेको छ, अब त कार्यपालिका बस्नै पर्छ । म विदेशबाट गत शनिबार फर्केदेखि मेयरसँग भेट भएको छैन चार महिनादेखि बस्न सकेको छैन ।’ उनले जनताका धेरै प्रश्नको उत्तर कार्यपालिकाले दिनुपर्ने बताइन् ।

‘मैले जनतासँग भेटेर गुनासो सुनिनै रहेको छु’, उनले भनिन्, ‘ अनुगमन भइरहेको छ। अनुगमन तीव्र बनाउन काम गरेका छौँ , मलाई नै महानगरका धेरै कुरा जानकारी हुँदैन । मेयरसँग भेटेपछि धेरै कुरा हुनेछ ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ११ : ११ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध