अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगको प्रकोप « Khabarhub

अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगको प्रकोप


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगका ६ सय ४६ बिरामी देखा परेका छन् । राज्यमा शुक्रबारसम्म दादुरा रोगका ६ सय ४६ जना बिरामी देखा परेको टेक्सस राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

रोयटर्सका अनुसार तीन दिनको अवधिमा थप २२ जनामा दादुरा रोग पुष्टि भएको छ । यस घटनालाई अमेरिकी इतिहासकै सबैभन्दा खराममध्येको एक प्रकोप मानिएको छ ।

यस वर्ष दादुराका कारण अमेरिकामा तीन जनाले ज्यान गुमाइसकेका छन् । २५ वर्षअघि मुलुकमा दादुरा उन्मूलनको घोषणा गरिएको थियो ।

पछिल्लो प्रकोपलाई नियन्त्रणमा लिन नसकिएमा यसले ठूलो चुनौती निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् । अमेरिकाको रोग रोगथाम तथा नियन्त्रण केन्द्रका अनुसार दादुरा देखिएका ९७ प्रतिशतले यसविरुद्ध खोप लगाएका थिएनन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ०९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट