नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको छ – प्रधानमन्त्री ओली « Khabarhub

नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको छ – प्रधानमन्त्री ओली


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । लुम्बिनीमा जारी चौंथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतम बुद्धका महत्त्वपूर्ण विचार प्रवाह भइरहेको बताए ।

उनले युद्धबाट शान्तिको सम्भावना नहुने बताउँदै भगवान बुद्धको शान्ति र शिक्षाको महत्त्व बढ्दै गएको बताए । ‘संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको छ ।’

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन भएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतको आतिथ्यता थियो । महोत्सवमा ४० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : १८ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा