नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको छ – प्रधानमन्त्री ओली « Khabarhub

नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको छ – प्रधानमन्त्री ओली


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । लुम्बिनीमा जारी चौंथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतम बुद्धका महत्त्वपूर्ण विचार प्रवाह भइरहेको बताए ।

उनले युद्धबाट शान्तिको सम्भावना नहुने बताउँदै भगवान बुद्धको शान्ति र शिक्षाको महत्त्व बढ्दै गएको बताए । ‘संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको छ ।’

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन भएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतको आतिथ्यता थियो । महोत्सवमा ४० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : १८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२