गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव « Khabarhub

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

कायरो- गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्धविराम गर्ने सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले शनिबार बताएका छन् ।

हमासको एक प्रतिनिधिमण्डल इजिप्टका मध्यस्थकर्ताहरूसँग १८ महिना लामो युद्धबाट कसरी बाहिर निस्कने भन्ने विषयमा कायरोमा छलफल गरिरहेको छ ।

हमासका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, “प्यालेस्टिनी लडाकू समूह ‘एउटै चरणमा कैदीहरूको आदानप्रदान र पाँच वर्षका लागि युद्धविरामका लागि तयार रहेको’ छ।”

युद्धविरामका लागि पछिल्लो प्रयास इजरायलको प्रस्तावपछि आएको हो, जसलाई हमासले यसै महिनाको सुरुमा ‘आंशिक’ भन्दै अस्वीकार गरेको थियो र यसको साटो सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणबाट प्रज्वलित युद्ध रोक्न ‘विस्तृत’ सम्झौताको माग गरेको थियो ।

इजरायली प्रस्तावमा १० जना जीवित बन्धकहरूको फिर्तीको बदलामा ४५ दिनको युद्धविराम प्रस्ताव गरिएको छ ।

हमासले युद्धविराम सम्झौताले युद्ध अन्त्य गर्नुपर्ने, गाजापट्टीबाट इजरायली सेनाको पूर्ण फिर्ता हुनुपर्ने र घेराबन्दी गरिएको क्षेत्रमा मानवीय सहायता बढाउनुपर्ने माग गर्दै आएको छ ।

इजरायलले सन् २०२३ मा भएको आक्रमणमा समातिएका सबै बन्धकलाई फिर्ता गर्न र हमासको निःशस्त्रीकरणको माग गर्दै आएको छ।

गाजामा दुई महिना लामो युद्धविरामपछि इजरायलले पुनः आक्रमण गरेको एक महिनाभन्दा बढी समयपछि हमासका एक अधिकारीले यसै साताको सुरुमा कायरोमा रहेको आफ्नो प्रतिनिधिमण्डलले युद्धविरामका लागि ‘नयाँ विचार’ बारे छलफल गर्ने बताएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : ११ बजे

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)

यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालको यू-१९ टिमले युएईमा जारी एसिसी प्रिमियर कपमा

लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी