वीरगञ्जमा निःशुल्क आँखा शिविर सञ्चालन | Khabarhub Khabarhub

वीरगञ्जमा निःशुल्क आँखा शिविर सञ्चालन


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जले आज आयोजना गरेको निःशुल्क आँखा शिविरबाट एक सय ४९ जना सेवाग्राही लाभान्वित भएका छन् । वीरगञ्ज महानगर-२ छपकैयाँस्थित छठघाटस्थित धर्मशालामा आयोजित शिविरमा ३५ जना मोतियाविन्दुका बिरामी भेट्टिएका हुन् ।

वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले महानगरका सहरी तथा ग्रामीण बस्तीमा आँखाका बिरामी उपचार गर्न आनाकानी गर्ने प्रवृत्तिले बस्तीबस्तीमा शिविर गर्न आवश्यक भएको । 

‘वीरगञ्जका टोलटोलमा आँखा अस्पताल छन् । उपचार गर्न जाने प्रवृत्ति कम भएकाले त्यस्ता बिरामीलाई लक्षित गरी शिविर गर्न आवश्यक छ । सोही अनुसार अहिले सुरुवात गरेका छौँ ।’

वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले तराई-मधेसमा आँखाका बिरामी उपचार गर्न अस्पताल जान असहज मान्ने भएकाले शिविर जरुरी रहेको बताए।

‘केन्द्रले समुदायमा रहेका सीमान्तकृत तथा  आर्थिक अभावका कारण समस्यामा परेका नागरिकको शिविरमार्फत मोतियाविन्दु पहिचान गरी निःशुल्क शैल्यक्रिया गर्दै आइरहेका छौँ’, उनले भने, ‘हामीले निःशुल्क आँखा शिविर वर्षभरि गर्दै आइरहेका छौँ । जसबाट हजारौँ सर्वसाधारणले आँखाको ज्योति पाउँदै आउनुभएको छ ।’

केन्द्रले तिलगङ्गा आँखा प्रतिष्ठान र क्रियुर ब्लाइन्डनेस संस्थासँगको साझेदारीमा पर्सा, बारा, रौतहटलगायत जिल्लामा सातापिच्छे निःशुल्क आँखा शिविर र निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्दै आइरहेको छ । नेत्र अधिकृत सिंहले तराई-मधेसका नागरिकले आँखाको हेरचाह र सुरक्षामा विशेष चासो दिनुपर्नेमा जोड दिए । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले आँखा मानव जीवनको अभिन्न अङ्ग भएकाले यसको विशेष हेरचाह र सुरक्षामा ध्यान दिन सबैलाई अनुरोध गरे । केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराहीले आँखा शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको जानकारी दिए। 

‘मोतियाविन्दु भेट्टिएका बिरामीलाई निःशुल्क शल्यक्रियाको पनि प्रबन्ध गरेका छौँ’, उनले भने।
 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : १४ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप