ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीमा बसोबास गर्ने ६० वर्षमाथिका ५० जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जनमैत्री युवा क्लब र ‘नेक्स्ट स्मार्ट सपिङ’ को सहकार्यमा पुस्तान्तरण नेपालले आज स्वास्थ्य परीक्षण आयोजना गरेको हो ।

परीक्षणका लागि आउनुभएका अधिकांश ज्येष्ठ नागरिकमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको परीक्षणमा सहभागी डा विन्दु पाण्डेले जानकारी दिए ।

उनले भने, “शिविरमा ६० देखि ९० वर्ष उमेरका ५० जना आउनुभएको थियो । उहाँहरूमा सुगर, हड्डी खिइएको, प्रेसरलगायत समस्या देखियो । कतिपयले नियमित औषधि सेवन गरिरहनुभएको रहेछ । धेरै जसोका छोराछोरी रोजगारीका क्रममा विदेशमा रहनुभएकाले नियमित परीक्षण नगरेको पायौँ ।”

पुस्तान्तरण नेपाल ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो । ‘सम्मानित बुढ्यौली निर्माण’ भन्ने उद्देश्यले सञ्चालित संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गर्दै आएको अध्यक्ष प्रतिवेदन वैद्यले जानकारी दिए ।

हालै स्थापना भएको यस संस्थाले भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनका लागि ‘ज्येष्ठ नागरिक भिलेज’ स्थापना गर्ने लक्ष्य राखेको उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : १९ बजे

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका