पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि « Khabarhub

नेपाल सुपर लिग

पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा शनिबार साँझ भएको फाइनलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि जितेको हो । ललितपुरले गत संस्करणमा पनि धनगढी एफसीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो ।

ललितपुरको जितमा इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । खेलको ४२औँ मिनेटमा ललितपुरले सुरुवाती अग्रता लिएको थियो ।

मनोज राईले दिएको क्रसलाई इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेड गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै ६४ औँ मिनेटमा पोखराका सुदिलले दोस्रो गोल फर्काएका थिए । भने ललितपुरका लागि खेलका ७४ औं मिनेटमा पापाले गोल गर्दै उपाधि दिलाए ।

जितसंगै ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाामा चित्त बुझाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ३१ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको