क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो « Khabarhub

क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)बाट यसअघि नै बाहिरिएका दुई टोलीबीच आइतबार भएको खेल रोचक बनेको छ। उक्त खेलमा सनराइजर्स हैदरावादले कलकता नाइट राइडर्सलाई ११० रनको फराकिलो अन्तरले हराएको छ। सनराइजर्सले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कलकता ८ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनमा सीमित भएको हो।

हैदरावादलाई शानदार जित दिलाउने क्रममा हेन्रिक क्लासेनले अविजित रहँदै ३९ बलमा १०५ रनको शतकीय पारी खेले। उनले ३७ बलमा शतक पुरा गरेका थिए। यो आईपीएलमा तेस्रो छिटो शतक हो।

कलकताका लागि मनिस पाण्डेले २३ बलमा ३७ तथा हर्षित रानाले २१ बलमा ३४ रन प्रहार गरे। सुनिल नारायणले १६ बलमा ३४ रन जोडे। हैदरावादका जयदेव उन्नाकदले चार ओभरमा २४ रन खर्चेर तीन, एसन मालिङ्गाले ३.४ ओभरमा ३१ रन खर्चेर तीन तथा हर्स दुबेले चार ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा २७८ रन जोडेको हो। क्लासेनका अलावा ट्रेभिस हेडले ४० बलमा ७६ तथा अभिषेक शर्माले १६ बलमा ३२ रन जोडे। अङ्कित वर्माले अविजित रहँदै ६ बलमा १२ रन प्रहार गरे।

यो स्कोर आईपीएल इतिहासमा तेस्रो ठुलो स्कोर हो। गत सिजन हैदरावादले नै बंगलोरुविरुद्ध पाँच विकेटको क्षतिमा २८७ रन बनाएको थियो। यसै सिजनको सुरुवातमा हैदरावादले नै राजस्थान रोयल्ससँगको खेलमा ६ विकेटको क्षतिमा २८६ रन बनाएको थियो।

जितपछि हैदरावादले १३ अङ्कसहित प्रतियोगिताको अन्त्य गरेको छ। हैदरावाद छैटौँ स्थानमा रहेको छ भने कलकता १२ अङ्क सहित आठौँ स्थानमा छ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ५७ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,